आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

'वैशाख ३० गते चुनाव गर्नका लागि कानुन संशोधन गर्नु पर्दैन'

काठमाडाैँ - सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को सोमबारको बैठकले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

कार्कीले आउँदो वैशाख ३० गते स्थानीय तहको चुनाव गर्नका लागि कानुन संशोधन गर्नु नपर्ने बताए । 

मन्त्री कार्कीले निर्वाचन आयोगले नै जेठ ४ या वैशाख ३० गते चुनाव गर्दा कानुन संशोधन गर्नु नपर्ने जानकारी गराएको बताए । यसअघि आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि प्रस्ताव गरेको तर सरकारले वैशाख ३० गते देशभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको उहाको भनाइ छ ।