सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेर संविधानको रक्षा गर्यो- कांग्रेस सहमहामन्त्री पाण्डे

काठमाडौँ - नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेर संविधानको रक्षा गरेको प्रतिक्रिया दिएका छन् ।
आज बसेको मन्त्रिपरिषद्ले २०७९ वैशाख ३० गते देशभरका स्थानीय तहको निर्वाचन एकैचरण गर्ने निर्णय गरेपछि पाण्डेकाे यस्ताे प्रतिक्रिया आएकाे हाे । इकागजसँग कुरा गर्दै उनले यसलाई उत्साहपूर्वक लिनुपर्ने बताए ।
उनले भने, 'संविधान र कानुनको व्यवस्था अनुसार आवधिक चुनाव अनिवार्य नै थियो, चुनाव घोषणा भयो यसलाई उत्साहपूर्वक लिएका छौं ।'
पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रको दोस्रो निर्वाचन समयमै हुनुले यसले हाम्रो प्रणाली/व्यवस्थालाई संस्थागत गरेको प्रतिक्रिया दिए । 'संघीय लोकतान्त्रिक गणतन्त्र पछि पहिलो निर्वाचन भयो र दोस्रो निर्वाचन पनि समयमै गर्ने भनेको छ, यो देशले अंगीकार गरेको प्रणाली संस्थागत भएको प्रमाण हो ।'
एमसीसीको कारणले निर्वाचनमा कुनै पनि असर नगर्ने उनले बताए । 'एमसीसी र निर्वाचन फरक कुरा हुन् । संसद सहज सञ्चालन भए र एमसीसी संसदमा टेबुल भए पास फेल होला' उनले भने, 'तर यसले निर्वाचनलाई फरक पार्छ जस्तो मलाई लाग्दैन ।'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया