मोटरसाइकललाई बसले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं – पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा मोटरसाइकललाई बसले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा हेटौडा–१ चाइना क्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरे रहेका छन् ।
सोमबार दिउँसो वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग१ख ६१७० नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००२ प ९३६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घिमिरेको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । ठक्कर दिने बस प्रहरी नियन्त्रणमा रहेको र चालक फरार रहेको प्रहरीले जनाएको छ । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया