मधेश प्रदेश सभाकाे समितिमा उम्मेदवारी दर्ता

जनकपुरधाम – मधेश प्रदेश सभा विषयगत विभिन्न तीन समितिका सभापतिकालागि साेमवार उम्मेदवारी दर्ता भएकाे छ । सत्तारुढ दलहरुले विपक्षी दललाई बेवास्ता गर्दै भागवण्डा गरी उम्मेदवारी दिएपछि प्रतिपक्षी दलले पनि प्रदेशसभा अन्तर्गतका दुई समितिमा उम्मेदवारी दर्ता गराएका छन् ।
हुनत् तीनवटा समिति मध्ये एउटा समितिमा सत्तागठबन्धन निर्वराेध पनि भइसकेकाे छ । प्रदेश सभा सचिवालयले जनाएअनुसार सत्तागठन्धन नेकपा माओवादी केन्द्रकाे तर्फबाट प्राकृति स्रोत तथा वातावरण समितिमा जगतप्रसाद यादव निर्विराेध भइसकेका छन् । साे समितिमा उनकाे मात्र उम्मेदवारी परेको कारण निर्विरोध निर्वाचित भएका हुन् । आधारिक घोषणा गर्न बाकी रहेकाे प्रदेश सभा सचिवालय सचिव रञ्जित यादवले जनाएकाे छ ।
यता दुई वटा समितिको सभापति पदमा निर्वाचन हुने भएको छ । प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टीले सार्वजनिक लेखा समितिको सभापति पदका लागि प्रह्लाद गिरी गोस्वामीले उम्मेदवारी दर्ता गराएका छन् भने सत्तारुढ दलको तर्फबाट नेपाली काँग्रेसका नरेशकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै कृषि तथा भूमि व्यवस्था समितिमा विपक्षी दलको तर्फबाट नेकपा एमालेबाट जगतारण देवीले उम्मेदवारी दर्ता गराएका भने सत्तारुढ दल नेकपा एकीकृत समाजवादीबाट मदनसेन श्रीवास्तवले उम्मेदवारी दर्ता गराएका थिए ।
अन्तिम समयसम्म सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले सहमतिको प्रयास गर्ने भन्दै एमालेलाई लेखा समिति दिने भन्दै आश्वासन दिँदै आएको थियो, तर कांग्रेस र लाेसपाले त्यसमा उम्मेदवारी दिएपछि एमाले कृषि तथा भूमि व्यवस्था समितिमा दिएकाे हाे । लेखा समितिमा प्रमुख प्रतिपक्षी दल लाेसपाले संसदीय अभ्यास र व्यवहारगत रूपमा आफ्नाे हुनुपर्ने अडान राख्दै आएपछि उम्मेदवारी आह्वान गरिएकाे थियाे ।

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : प्रथम महिला शाक्य

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री चौधरी

प्रतिक्रिया