दाहालको सचिवालयले भन्यो, ‘रअ’का प्रमुखसँग भेटघाट भएको छैन

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्प कमल दाहालको सचिवालयले भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामान्त गाेयलको गोप्य भेट नभएको स्पष्ट पारेको छ। विभिन्न सञ्चार माध्यममा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भ्रममा नपर्न सचिवालयले अपील गरेको हो।
यो पनि पढ्नुहोस्
भारतीय ‘रअ’ प्रमुख धार्मिक कार्यक्रम सकेर भेटघाटमा व्यस्त
दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले बिहीवार विज्ञप्ति जारी गर्दै प्रकाशित समाचारप्रति देख प्रकट गरेका छन्, ‘नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बारेमा केही सञ्चार माध्यममा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट’ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । ’
विज्ञप्तिमा भनिएको छ, ‘ सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।’

वाइसीएलका अध्यक्षमा पुष्प ओली

एकीकृत समाजवादीद्वारा कानुनविद्हरूसँग छलफल

विपद् व्यवस्थापनमा स्थानीय तह र समुदायबीच सहकार्य जरुरी छ : मुख्यमन्त्री आचार्य

उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन : महामन्त्री थापा

मुख्यमन्त्रीलाई बुझाइयो प्रशासनिक संरचना पुनरावलोकन समितिको प्रतिवेदन

‘मानव सभ्यता प्रकृतितर्फ फर्क’ भन्ने पूर्वीय दर्शन महत्वपुर्णः कांग्रेस नेता महर

श्रम मन्त्री भण्डारी जेनेभा प्रस्थान

प्रतिक्रिया