शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

एकीकृत समाजवादीनिकट कर्मचारीहरूको छुट्टै संगठन

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सँग निकट कर्मचारीहरूले छुट्टै संगठन खोलेका छन् । 

मोहन कुमार घिमिरेको संयोजकत्वमा एकीकृत सरकारी कर्मचारी संगठन नेपाल गठन गरिएको मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । पत्रकार  सम्मेलनमा संगठनका संयोजक घिमिरेले १५१ सदस्यीय अधिवेशन आयोजक समिति र ३५ सदस्यीय सचिवालय गठन गरिएको जानकारी दिए । 

उनले नेपाल निजामती कर्मचारी संगठनको सट्टा एकीकृत सरकारी कर्मचारी संगठन गठन गरिएको दाबी गरे । प्रदेश, संघ र स्थानीय कर्मचारीको छाता संगठन स्थापना भएको र फागुन महिनाभित्र मातहतका कर्मचारी संगठनलाई सरकारी कर्मचारी संगठनमा रुपान्तरण गरिने उनले बताए । 

संगठनले टे«ड युनियन भित्र देखिएको अर्थवाद, अवसरवाद र अराजकतावादको अन्त्य गर्दै एकीकृत ट्रेड युनियनको अवधारणा अवलम्वन गर्न माग गर्ने निष्कर्ष निकालेको जनाएको छ ।