देउवाविनाकाे कांग्रेस पदाधिकारी बैठक सानेपामा जारी

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अघि बैठक सुरु भएको कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।
बैठकमा बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकका एजेन्डाबारे छलफल हुँदैछ । कार्यसम्पादन समितिको बैठकमा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाको महाधिवेशनको विषयमा छलफल गर्ने एजेन्डा तय गरिएको छ ।
यिनै विषयवस्तुमा आजको पदाधिकारी बैठकमा छलफल गर्ने एक पदाधिकारीले जानकारी दिए । बैठकमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भने उपस्थित छैनन् । कांग्रेस पदाधिकारीमा एक सभापति, दुई उपाध्यक्ष, दुई महामन्त्री, सात सहमहामन्त्री, पार्टी प्रवक्ता छन् । कांग्रेसमा पदाधिकारी हैसियतमा रहेका कोषाध्यक्ष पद भने खाली छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया