कोरियाली श्रम बजारमा नेपाली कामदारकाे माग
काेभिड महामारीले भाषा परीक्षा सरेको सर्यै

काठमाडौँ- नेपाली कामदारका लागि वैदेशिक रोजगारीको सबैभन्दा आकर्षक मानिएको मुलुक दक्षिण कोरिया बनेको छ । तर, कोभिड-१९ महामारी फैलिएपछि नियमित रुपमा गइरहेका कामदार केही समयका लागि जान पाएनन्। पहिलो लहरको संक्रमण फैलिएपछि भाषा पास गरेर रोष्ट्ररमा नाम रहेका कामदारसमेत रोकिए।
कोभिड संक्रमण घटेपछि र खोप अभियान सुरु भएपछि कोरियाले गत कात्तिकदेखि कमिटेड कामदार लान सुरु गरेको थियो । पहिलो सातादेखि कमीटेड कामदार नेपालबाट जान थालिसकेका छन् । कमिटेड कामदारसँगै सन् २०१८-२०१९ मा भाषा परीक्षा गरेका कामदारलाईसमेत लगेको थियो।
यसअघि गएर आएका कामदारलाई प्राथमिकतामा राखेर उनीहरूलाई लगेको थियो। करिब चार हजारको संख्यामा रहेका 'कमिटेड' कामदारलाई लैजान सुरु गरेको हो। कम्पनीले विश्वास गरेर पठएको भिसाका आधारमा कामदार गएका थिए।
कोभिडको कारणले नियमित रुपमा हुँदै आएको भाषा परीक्षा पनि रोकिएको छ। भाषा परीक्षा नभएको करिब तीन वर्ष हुन लाग्दा पनि परीक्षा हुने निश्चितता छैन। वर्षेनी भाषा पढेर रोजगारका लागि आकर्षक मानिएको मुलुक कोरिया जानबाट हज्जारौँ विद्यार्थी प्रभावित भएका छन् । पछिल्लो समय विद्यालय तथा विश्वविद्यालयको पनि परीक्षा भइसकेको छ।
कोरियाली श्रम बजारमा नेपाली कामदारको संख्या अधिक मात्रामा छ। पछिल्लो केही वर्षयता महामारीको कारण अवरुद्ध भाषा परीक्षा हुन नसक्दा नयाँ थप कामदार जान नपाउने सम्भावना बढ्दै गएको छ ।
कोभिड महामारीमै नेपालको इजरायलसँग केयर गिभरको गिभर लैाजने गरी सम्झौता भयो। परीक्षा सम्पन्न गरेर कामदारलाई पहिलो चरणमा केही संख्यामा कामदार पनि गइसकेका छन्। तर, कोरियासँग कामदार पठाउन एक दशकभन्दा अघि सम्झौता भइसकेको मुलुकमा महामारीको कारण भाषा परीक्षा हुन सकेको छैन। जसका कारण भाषा परीक्षा कार्यक्रम हुन नसक्दा हज्जारौ युवायुवती मात्र प्रभावित हुँदैनन रेमिट्यान्समा समेत असर परेको छ।
कोभिडको कारण देखाउँदै परीक्षा अहिलेसम्म हुन नसक्दा नेपाली युवायुवती रोजगारीका लागि कोरिया जानबाट वञ्चित भएका छन् । तर,रोष्ट्ररमा रहेका कामदारलाई पठाइसकेपछि मात्र पठाउन सक्ने इपीएस कोरिया शाखाले बताउँदै आएको छ ।
भाषा परीक्षा गर्न कोरियाली पक्षसँग विभिन्न समयमा वार्ता भइरहेको इपीएस कोरिया शाखाका निर्देशक सुरेश राउतले बताए । परीक्षा सञ्चालन गर्न नेपाल र कोरियाली दुवै पक्ष सहमत हुनुपर्ने उनले धारणा राखे ।
'इपीएस शाखा परीक्षा गर्न सधैँ तयारी अवस्थामा छ,' राउतले यसअघि कोरिया गएर आएका कामदारको परीक्षालाई स्मरण गर्दै भने,' परीक्षा गर्न आवश्यक भौतिक पूर्वाधार तयार भइसकेको छ । तीन सिफ्ट गरेर परीक्षा लिएका थियौ ।' पुसको पहिलो सातादेखि परीक्षा शाखाले परीक्षा लिएको थियो ।
कोरिया जान बाँकी रहेका कामदारलाई पठाइसके पछि मात्र प्रक्रियाअघि बढाइने उनको भनाइ छ । परीक्षामा पास भएका कामदारको संख्या बढ्ने भएकाले झन संख्या
कोरियाले जबसम्म परीक्षा लिन निर्देशन दिँदैन तबसम्म नेपाल एक्लैले परीक्षा लिन नपाउने राउतले प्रस्ट पारे । भन्छन्,' कोरियाले गर्दा परीक्षा नभएमा सम्झौताअनुसार उनीहरू आफै जिम्मेवार हुनुपर्छ ।'
इपीएस शाखा परीक्षा गर्न कोरियाले गरेको निर्देशनको पर्खाइमा रहेको राउतले बताए । 'आगामी वर्ष सन् २०२२ मा जसरी परीक्षा हुन्छ,' उनले भने,' अहिले शाखाले बाँकी रहेको कामदारलाई पठाउन ध्यान दिएर काम गरिरहेका छौ ।'
भाषा परीक्षा पास गरेका कूल सात हजार परीक्षार्थी छन् । सबै गरेर कूल पाँच हजार जना कोरिया जाने पर्खाइमा रहेको राउतले जानकारी दिए । शाखाले अबदेखि कम्प्युटर विधिबाट परीक्षा लिने तयारी गरेको छ । यसअघि परीक्षार्थीले पेपरमा परीक्षा दिने गरेका थिए । श्रम स्वीकृति प्राप्तगरी ६५ हजार नेपाली कामदार कोरिया पुगिसकेका छन् ।
नेपालीहरू कृषि र औद्योगिक क्षेत्रमा काम गर्न जाने गरेका छन् । सन् २००७ देखि वैधानीकरूपमा भाषा परीक्षा गरेर नेपाली कामदार कोरिया जान थालेका हुन् । सन् २०२० को मार्चदेखि कोभिडका कारण नेपाली कामदार जान पाएका थिएनन् । यसअघि कोरियाले महामारीकै बीचमा पनि भियतनाम र मंगोलियालगायत विभिन्न मुलुकबाट कामदार लिएको थियो ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_vQJk2V9Is5_3e6h2oo6v0werbcskyo2kxbtvoqo4kr2ytovm510uaowyqjzg7nnpxfhfn8r.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_6co2QPkzoF_uqkm9he1xwff7xdeler77nrvtuhqdl84s2qlvsylyyqmfjxufekcqsthzlr1.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

प्रतिक्रिया