शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडाैँ - स्थानीय तह निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । 

पार्टी सहमहामन्त्री भीष्मराज आङदेम्बेले स्थानीय तह निर्वाचनको अतिरिक्त म्याद सकिएका भातृ तथा शुभेच्छुक संगठन र बाँकी रहेको जिल्ला अधिवेशनलगायत विषयमा छलफल हुने बताए । कांग्रेसको पदाधिकारी बैठक कार्यसम्पादन समिति बैठक अगाडि बसेको हो ।