शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

‘कोइरालाले संविधान निर्माणमा खेलेको भूमिका प्रेरणादायी’

फाइल फाेटाे

काठमाडाैँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धा सुमन अर्पण गरेका छन् । 

प्नधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत कांग्रेसका पूर्व सभापति  कोइरालाप्रति श्रद्धा सुमन अर्पण गर्दै उनले पार्टीमा पुर्‍याउनु भएको अथक योगदान र संविधान निर्माणमा निर्वाह गरेको नेतृत्वदायी भूमिका सबैका लागि सधैँ प्रेरणादायी भएको उल्लेख गरेका हुन् । 

नेपालको संविधान जारी हुँदा सरकारको नेतृत्व गरेका कांग्रेसका तत्कालीन सभापति कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो ।