बन्द हुँदै ‘फास्ट एन्ड फ्युरियस’ सिरिज

काठमाडौंः २० वर्षसम्म दर्शकलाई रोमाञ्चित गराउँदै आएको ‘फास्ट एन्ड फ्युरियस’ सिरिजले अब भने बिट मार्ने निर्णय गरेको छ । निर्माता युनिभर्सल पिक्चर्सले लामो समय चलेको एक्सन फ्रेन्चाइज सकाउने घोषणा गरेको छ । स्टुडियोले बुधबार एक विज्ञप्ति जारी गर्दै अब दुई भाग बनाएर सिरिज सदाका लागि बन्द गर्ने जनाएको छ ।
बाँकी दुई भागलाई जस्टिन लिनले निर्देशन गर्नेछन् । लिनले प्रदर्शनको पालो कुरिरहेको फिल्मसँगै ४ भाग निर्देशन गरिसकेका छन् । सन् २००१ बाट सुरु भएको सिरिजको ९ औं भाग प्रदर्शनको पर्खाइमा छ । यही वर्ष रिलिज हुन ठिक्क परेको फिल्म महामारीका कारण सरेर अर्को वर्षको मेमा पुगेको थियो ।
भेन डिजलले नेतृत्व गरेको सिरिज हुने बन्द भए पनि यसका ‘स्पिन अफ’ चरित्र भने विभिन्न स्वरुपमा देखिन्छन् । जस्तो कि ‘फास्ट एन्ड फ्युरियस’मा महत्वपूर्ण चरित्र निर्वाह गर्दै आएका ड्वेन जोनसन र जेसन स्थम अभिनित ‘हब्स एन्ड स’ यसैसाल प्रदर्शनमा आएको थियो । युनिभर्सले यसका अन्य चरित्रलाई लिएर बेग्ला बेग्लै फिल्म बनाउने तयारी गरिरहेको पनि जनाएको छ ।
हाल पोस्ट प्रडक्सनमा रहेको फिल्मको नयाँ भागमा जोन सिनाले भिलेनको रुपमा डेब्यु गर्दैछन् । फिल्ममा स्टार गायिका कार्डी बि र ओजुना पनि देखिँदैछन् ।

आमिर खानको ‘लालसिंह चढ्ढा’ अर्को सालको भ्यालेन्टाइनमा

‘ब्ल्याक विडो’लाई उछिन्दै ‘सङ ची’ बन्यो यो वर्षको सबैभन्दा कमाउने फिल्म

तिहारमा आउने भयो अक्षय र कट्रिनाको ‘सूर्यवंशी’

जेम्स बन्डको ‘नो टाइम टु डाई’को एडभान्स टिकट बिक्रीमा कीर्तिमान

के सामन्था र नागा चैतन्य छुट्टिएका हुन् ?

बलिउड अभिनेता दिलीप कुमारको निधन

‘मिर्जापुर २’ कतिमा बन्यो होला ?

प्रतिक्रिया