घाँस काट्न गएकी महिलाको हत्या अभियोगमा युवा पक्राउ

सिन्धुपाल्चोक- मेलम्चीमा हत्या आरोपमा एक युवा पक्राउ परेका छन् ।
मेलम्ची नगरपालिका-१० साधखोला बस्ने ६० वर्षीया मिन कुमारी खड्काको हत्या गरेको अभियोगमा ईन्द्रावती गाउँपालिका-४ टाँकुरे तामाङटोल बस्ने ३२ वर्षीय कुमार तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
मिन कुमारी र छिमेकी महिला सोही ठाउँ खहरे बगुवा दोभानस्थित सिचाईकुलो खोधखोला सार्वजनिक जंगलमा घाँस काट्न गएको अवस्थामा कुमारले दुवै महिलालाई मुख छाडेको विषयमा मिन कुमारीले किन मुख छाडेको भन्दा कुमारले एक्कासी लाठी र ढुङ्गाले टाउकोमा प्रहार गरेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो ।
ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया