च्यासलविरुद्ध पुलिसको संघर्षपूर्ण जित

काठमाडौँ - विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत स्थगित भएको खेलमा च्यासल युथ क्लबविरुद्ध संघर्षपूर्ण जित निकालेको छ ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोलले हराउँदै नवौं चरणको खेलमा जित निकालेको हो ।
यसअघि च्यासलका खेलाडीमा कोभिड पोजेटिभको संकेत देखिएपछि स्थगित भएको खेलमा नेपाल पुलिसले बाजी मारेको हो ।
तुलनात्मक हिसाबमा कमजोर देखिएको च्यासलविरुद्ध पुलिसले सुरुवातबाट नै दबाब दिएर खेलेको थियो । सोही क्रममा पुलिसका रविशंकर पासवानले ३७ औं मिनेटमा पुलिसका लागि खाता खोलेका थिए ।
त्यस अघि पनि पुलिसले केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न निकै असफल भएको थियो । पुलिसलाई सुरुवाती अग्रता दिलाउने क्रममा रविशंकरले निरकुमार राईले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै पेनाल्टी क्षेत्रबाट जाली चुमाएका थिए । त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन ।
५३ औं मिनेटमा च्यासल खेलमा फर्किने संकेत देखायो । मौसा अबगानाले पेनाल्टीबाट गोल गर्दै च्यासललाई खेलमा फर्काउने संकेत देखाए । पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो ।
पेनाल्टी अवसरलाई च्यासलका विदेशी खेलाडी मौसाले सदुपयोग गर्दै खेल १–१ को बराबरीका अवस्थामा ल्याएका थिए । ७० औं मिनेटमा रविशंकरले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई पुनः अग्रता दिलाए ।
बाँकी समयमा च्यासल खेलमा फर्किन सकेन र पुलिसले च्यासलमाथि कठिन जित निकाल्न सफल भयो । खेलमा पुलिसका दुई गोल गरेका रबिशंकर प्लेयर अफ दि म्याच चुनिएर नगद १० हजार प्राप्त गर्दा च्यासलका आशिष राईले इमर्जिङ प्लेयर चुनिए नगद १० हजार रुपैयाँ नै पाए ।
जितसँगै पुलिसले ९ खेलबाट सहिद स्मारक ए डिभिजन लिग तालिकामा १० अंक जोडेको छ । पुलिस लिगको दशौँ स्थानमा उक्लिएको छ भने च्यासलले ९ खेलबाट ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ । लिगमा अब दशौैं चरणका खेल शुक्रबारबाट हुँदै छन् ।
यसअघि नवौं चरणका खेल सकिएपछि मोफसलका प्रतियोगिताका र नेपाली टोली अन्तर्राष्ट्रिय भ्रमणका लागि लिग स्थगित भएको थियो ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया