इन्डोर क्रिकेट फागुन तेस्रो साता

काठमाडौँ - प्रथम इन्डोर कर्पोरेट लिग क्रिकेट (आईसिएल) लिग प्रतियोगिता फागुन तेस्रो साता हुने भएको छ ।
हिमालय स्पोर्टस म्यानेजमेन्ट प्रालिले बुधबार पत्रकार सम्मेलन गरी ग्रेट हिमालय क्रिकेट एकेडेमीको सहकार्यमा प्रथम इन्डोर कर्पोरेट लिग क्रिकेट आयोजना गर्ने जानकारी गराएको हो ।
प्रतियोगिता फागुन १८ देखि २१ गतेसम्म हात्तीबनस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीको नव निर्माण हलमा आयोजना हुनेछ । कूल १६ टोलीले सहभागिता जनाउने प्रतियोगितामा १० ओभरको खेल हुने आयोजकले जनाएको छ । लिगको एक टोलीमा १० जनाको टोली रहनेछन् । १० मध्ये ८ खेलाडीले एक खेलमा सहभागिता जनाउन पाउनेछन् ।
लिग कम नकआउट फम्र्याटमा खेलाइने लिगको दर्ता शुल्क ४० हजार रहेको छ । विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कूल २७ खेल हुनेछन् ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_NKPXYwe63d_1xazlmy8wd3ogagexxvejb2wymegaz1ooowxzncaihkkxxbts1jtdt2t1tfd.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया