शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

पाकिस्तानी राजदूत हैदार र प्रधानसेनापति शर्माबीच शिष्‍टाचार भेट

काठमाडौँ- नेपाली सेनाका प्रधानसेनापती प्रभुराम शर्मा र पाकिस्तानी राजदूत शाहिद हैदार शाहबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत हैदारले  बुधबार जङ्गी अड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेट गरेको सेनाले जनाएको छ ।  

भेटवार्तामा दुइपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।