कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक आज बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको प्रथम बैठकआज बस्दैछ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार बैठकमा म्याद सकिएका भातृ एवं शुभेच्छुक संस्था बारे छलफल हुने छ । यसका साथै पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाका सम्बन्धमा पनि बैठकमा छलफल हुने एजेन्डा रहेको उनले बताए ।
यसअघि बुधबार कांग्रेसका पदाधिकारीबीच म्याद गुज्रिएका भ्रातृ संस्थाको व्यवस्थापनबारे छलफल भएको थियो । प्रधानमन्त्रीनिवास बालुवाटारमा दिउँसो प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासहितको पदाधिकारी बैठकमा भ्रातृसंस्थाको व्यवस्थापनबारे छलफल भएको हो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया