यी चार ठेकेदारलाई कालोसूचीमा किन नराख्ने ? खरिद अनुगमनले सोध्यो- कारण देऊ

काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । सरकारी कार्यालयहरूले ती कम्पनीहरूलाई कालोसूचीमा राख्न लेखी पठाएको थियो ।
एक महिनाअघि आर एन्ड जी बिल्डर्स नेपाल प्रालि, निरज कन्स्ट्रक्सन, बोहरा निर्माण सेवा र प्रियंका निर्माण सेवालाई स्पष्टिकरण सोधेको थियो । तर, उनीहरूले कुनै प्रमाण पेश गरेनन् । मंगलबार सूचना जारी गर्दै एक सातामा प्रमाणसहित स्पष्टीकरण पेश गर्न फेरि मौका दिएको छ ।
डडेल्धुरामा नक्कली बैंक ग्यारेन्टी बनाएर बोहरा निर्माण सेवा कम्पनीले १० लाख भुक्तानी लिएको भेटिएको थियो । परशुराम नगरपालिकाको वडा नम्बर ५ को वडा कार्यालय भवनको ठेक्कामा नक्कलि बैंक ग्यारेन्टी बनाएर बोहरा निर्माण सेवा परशुरामले १० लाख भुक्तानी लिएको पुष्टि भएको थियो ।
परशुराम नगरपालिकासँग वडा कार्यालय निमार्णका लागि पेस्की १० लाख भुक्तानी दिएको कागजात पनि प्राप्त भएको छ। ठेकेदार दिलबहादुर बोहराको निर्माण कम्पनी बोहरा निर्माण सेवाले लकडाउनको समयमा यो बैंक ग्यारेन्टी बनाएको थियो ।
काभ्रेको जिल्ला आयोजना कार्यान्वयन इकाईले आर एन्ड जी बिल्डर्स नेपाल प्रालीलाई कालोसूचीमा राख्न लेखी पठाएको थियो । महेन्द्रनगरको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले निरज कन्स्ट्रक्सन, डडेलधुराको परशुराम नगरपालिकाले बोहरा निर्माण सेवा र डडेलधुराकै नवदुर्गा गाउँपालिकाले प्रियंका निर्माण सेवालाई कालोसूचीमा राख्न पत्राचार गरेको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया