लागूऔषधसहित एक पक्राउ

गण्डकी- प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिसुवा हंसपुरबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–२७ बगादी खोला बस्ने २७ वर्षीय सरोज कुमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
पक्राउ परेका कुमालको साथबाट प्रहरीले डाइजोपाम–४६ एम्पुल, फेनारगन–४३ एम्पुल र नुर्फिन–४३ एम्पुल गरी कुल १३२ एम्पुल लागूऔषध, एक थान मोबाइल र १८ हजार नगद बरामद गरेको उहाँले बताउनुभयो । कुमाललाई लागूऔषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

प्रतिक्रिया