भिल्ला र लिड्सको बराबरी
काठमाडौँ- ६ गोल भएको खेलमा एस्टन भिल्ला र लिड्स युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् । इंग्लिस प्रिमियर लिग फुटबलको आफ्नो २२औं खेलमा दुबै टोलीले जितको प्रयास गरेपनि सफल भएनन। भ्रमणकारी टोली लिड्सले खेलमा अग्रता बनाएको थियो । खेल बुधबार राति भएको हो ।
लिड्सका लागि डानियल जेम्सले दुई गोल गर्दा डियगो लोरेन्टेले एक गोल गरे । एस्टन भिल्लाका लागि ज्याकोब राम्सीले दुई गोल गर्दा फिलिपे कौटिन्होले एक गोल गरे । राम्सीको दुबै गोलमा कौटिन्होले पास मिलाएका थिए । बराबरिसँगै भिल्ला २२ खेलबाट २७ अंक सहित ११औं स्थानमा छ । लिड्स भने २३ खेलबाट १५औं स्थानमा छ । यता गएरातिनै भएको खेलमा विलफ्रेड जाहाले पेनाल्टी चुकाउँदा क्रिस्टल प्यालेसले नर्विच सिटीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
खेलको पहिलो मिनेटमै टिमु पुकिले घरेलु टोली नर्विचलाई अग्रता दिलाएका थिए । खेलमा ६०औं मिनेटमा जाहाले गोल गर्दै खेल बराबरिमा ल्याए । ६३औं मिनेटमा पाएको पेनाल्टी जाहाले सदुपयोग गर्न नसक्दा भ्रमणकारी टोली प्यालेस जितबाट बन्चित भयो । बराबरिसँगै प्यालेस २५ अंक सहित १३औं स्थानमा छ । नर्विच भने १७ खेलबाट १८औं स्थानमा रहदा रेलिगेशन जोनमै रहेको छ ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया