शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

सिन्धुपाल्चोक- मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका-४ का चोपनाथ नेपाल पक्राउ परेका हुन् । 

मानव  वेचविखन तथा ओसारपसार मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतले १६ पुस २०५८ मा उनलाई १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो ।  तर उनी फरार थिए ।

पक्राउ परेका नेपाललाई कारागार चलान गरिएकाे छ ।