परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कमर्चारी संघसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ ।
गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्यालसमक्ष पेश गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वले चासो नदिएपछि कर्मचारी आन्दोलित भएकामा आजदेखि वार्ता सुरु भएको संघका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।
संघले माग पूरा गराउन यही माघ २६ गते १२ बजेसम्मको अल्टिमेटम बोर्ड नेतृत्वलाई दिएको थियो । त्यो समयसम्ममा पनि माग पूरा नभएपछि कर्मचारी आन्दोलित भएका हुन् । संघका कर्मचारीले बुधबारदेखि बोर्डको कार्यालयभित्रै धर्ना सुरू गरेका थिए । रासस

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

अत्यधिक गर्मीले इनरुवा र इटहरीका विद्यालयमा बिदा

गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

प्रतिक्रिया