शेखरले दाहालसँग भने- माओवादी कार्यकर्ताले कांग्रेसलाई कहिल्यै भोट हाल्दैनन्, कांग्रेस एक्लै चुनाव लड्छ

काठमाडौँ - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । दाहाल र कोइरालाको भेट आज बिहान दाहालनिवास खुमलटारमा भएको हो ।
भेटमा सत्ता गठबन्धन, एमसीसी परियोजना, संसदको अवरोध हटाउने तथा चुनावी गठबन्धनको विषयमा छलफल भएकाे कोइरालाको सचिवालयले जनाएको छ । कोइरालाले दाहाललाई एमसीसी संसदमा टेबुल गर्न सुझाएका थिए । 'एमसीसीका बारेमा धेरै अलमल गर्नुभएन स्वीकार या अस्वीकार गर्ने संसदबाटै हुनुपर्छ', कोइरालाको भनाइ उद्धृत गर्दै सचिवालयले भन्यो । छलफलमा कोइरालाले संसदलाई बन्धक बनाउन नहुँने भन्दै भएका समस्याहरू संसदबाट छिनोफानो गर्नुपर्ने बताएका थिए ।
दाहालले स्थानीय चुनावमा गठबन्धन गरेर जानुपर्ने बताएका थिए । कोइरालाले दाहाललाई आफू चुनावी गठबन्धनको पक्षमा नभएको स्पष्ट धारणा राखेका थिए । कोइरालाले कांग्रेसले माओवादीलाई भोट हालेपनि माओवादी कार्यकर्ताले कांग्रेसलाई कहिल्यै भोट नहालेको र आम कांग्रेस कार्यकर्ता पनि गठबन्धनको विरुद्ध रहेकाले कांग्रेस गठबन्धनको पक्षमा नरहेको बताएका थिए ।
दुई दिन अघि कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया