मन्त्री आलेविरुद्ध मुद्दा दायर गर्न सर्वोच्च पुग्यो बतास समूह
काठमाडौँ- बतास समूहले सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।
बतास समूहले मन्त्रीबाट आफू अन्यायमा परेको जनाउँदै उनीविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने तयार गरेको हो ।
‘बतास फाउण्डेशनको नामबाट बुधबार मन्त्री आलेविरुद्ध रिट परेको छ तर दर्ता भएको छैन । अहिले उक्त रिटमाथि अध्ययन भइरहेको छ,’ प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।
बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया सञ्चालन गर्ने तयारी गरेको थियो । उक्त कार्यलाई मन्त्री आलेले रोकेका थिए । त्यति मात्र होइन मन्त्री आलेले बतासले सञ्चालन गर्दै आएको पशुपतिस्थित धर्मशाला पनि सञ्चालनमा रोक लगाउने निर्णय गरेका थिए ।
केही दिनअघि मात्र बतास समूहले विज्ञप्ति जारी गरी मन्त्री आलेको निर्णयले आफूलाई करोडौं रुपैयाँ घाटा भएको जनाएको थियो । विज्ञप्तिमा बतास समूहले त्यसबापत क्षतिपूर्तिको माग समेत गरेको थियो । अहिले बतास समूह सोही क्षतिपूर्तिको माग गर्दै सर्वोच्च पुगेको हो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया