१० महिनापछि खुल्दै सिनेमा घर, यस्तो छ सरकारको निर्णय

काठमाडौं : सरकारले १० महिनायता बन्द रहेका सिनेमा घर खोल्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्री परिषद्को बैठकले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई अनुगमन गर्ने व्यवस्था गराउने निर्देशन दिँदै सिनेमा घर खोल्ने स्वीकृति दिएको हो । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दै स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना हुने गरी सिनेमा हलमा चलचित्र प्रदर्शन गर्न अनुमति दिएको जनाएको छ ।
सरकारले गरेको यो निर्णय औपचारिक रुपमा सार्वजनिक भइसकेको छैन । तर, सरकारको यो निर्णय थाहा पाएका चलचित्रकर्मीले आइतबार साँझ देखि नै सामाजिक सञ्जालमा सरकारको यो निर्णयको स्वागत गरेका थिए । सरकारको यो निर्णयसँगै सिनेमा घरमा नयाँ फिल्म चल्ने वातावरण बनेको छ । सरकारले औपचारिक रुपमा हल खोल्ने निर्णय नगर्दा सिनेमाको सेन्सर प्रक्रिया र सेन्सर भएका सिनेमा पनि हलमा रिलिज हुन पाएका थिएनन् । सेन्सर भएका केही अंग्रेजी चलचित्रले ‘कि’ नपाउँदा अन्तिम समयमा प्रदर्शन रोक्नु परेको थियो ।
हल खोल्ने निर्णयसँगै सञ्चार मन्त्रालयले अनुगमनको जिम्मेवारी आफैंले लिने संकेत पाइएको छ । चलचित्र विकास बोर्ड स्रोतले सञ्चार मन्त्रालयले आफैं समिति बनाएर अनुगमन गर्ने तयारी गरिरहेको जानकारी गरायो । हल खुल्ने निर्णयले सबैभन्दा ठूलो राहत शिव श्रेष्ठ निर्मित ‘एउटा यस्तो प्रेम कहानी’लाई भएको छ । फिल्म आउँदो बिहीबारबाट देशभर प्रदर्शन हुँदैछ ।

अन्ततः पिके २ मा रणवीर कपुर एलियनको भुमिकामा देखिने पक्का

प्रकृतिमा परेको प्रभाव देखाउने कला प्रदर्शनी

नेटफ्लिक्समा आउँदैछ विश्वमा तहल्का मच्चाउने वेभ सिरिज

कलाकार गुरूङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_6mRlgE5nuZ_mzabpoyiblt9igbsjfvxcwdeyo5jhpttbbhstyvvbshq0lhz3qxfxqry8utx.jpg)
सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

प्रतिक्रिया