वडाध्यक्षविरुद्ध ३५ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार अभियोग

काठमाडौँ – महोत्तरी पिपरा गाउँपालिका–५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिनाको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ । आयोगले यादवविरुद्ध बिहीबार ३५ लाख २१ हजार २ सय ४ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
यादवले सुब्बा–पोखरीको ठेक्कावापत बुझाउनुपर्ने रकम वडाध्यक्ष भएपछि पदको प्रभाव पारेर कुनै पनि किस्ता रकम नबुझाइ आफूलाई गैरकानुनी लाभ पुर्याएको आरोप आयोगको छ । यादव वडाध्यक्ष हुनुपूर्व २०७१ भदौ १ देखि २०७६ भदौ मसान्तसम्म सुब्बा पोखरीको ठेक्का लिएका थिए । पाँच वर्षे अवधिमा ५४ लाख ६४ हजार ६ रुपैयाँको ठेक्का सकारेका थिए ।
यादवले २०७३ माघ ४ सम्ममा १९ लाख ४२ हजार ८ सय १ रुपैयाँ साविक सहोडवा गाउँ विकास समितिलाई बुझाएका थिए । तर उनी वडाध्यक्षमा निर्वाचित भएपछि पदको प्रभाव पारेर कुनै पनि किस्ता रकम बुझाएन् ।
वडाध्यक्ष भएपछि पदीय प्रभाव प्रयोग गरी ठूलो सुब्बा पोखरीको ठेक्का रकम नबुझाएको दाबी आयोगको छ । उनले ३५ लाख २१ हजार २ सय ४ रुपैयाँ बद्नियतपूर्वक नबुझाएको दाबीसहित सार्वजनिक सम्पत्ति हिनामिनामा आयोगले मुद्दा लगाएको हो ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया