पहिलो पटक मैदानमा रिसाउँदै रोहितले चहललाई भने, ‘चल भाग उधर’

काठमाडौं – भारतले घरेलु मैदानमा वेष्ट इन्डिजविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा ४४ रनले जित निकालेको छ । जितसँगै भारतले तीन एकदिवसीय शृंखलामा एक खेल अघि नै २–० ले कब्जा जमाएकाे छ । लगातारकाे जितसँगै भारतीय टोलीको कप्तानीमा रोहित शर्माले सानदार सुरुवात गरेका छन् ।
तर, दोस्रो एकदिवसीयमा एउटा समय यस्तो पनि आयो, क्रिकेट प्रशंसकहरुमाझ कप्तान रोहितको डरलाग्दो रुप देखियो । आफ्नै टोलीका एक खेलाडीसँग कप्तान रोहित निकै रिसाएका थिए ।
वेस्ट इन्डिजको ब्याटिङ इनिङ क्रममा ४५ ओभर चलिरहँदा कप्तान रोहित क्रुर अवस्थामा बोलिरहेको भिडियो अहिले समाजिक सञ्जालमा भाईरल भएको छ ।
युजवेन्द्र चहल मिडअफमा फिल्डिङ गरिरहेका थिए । कप्तान रोहितले चलहलाई लेगअफमा जान आग्रह गर्छन । तर चहल सुस्त देखिन्छन् । यसपछि रोहित निकै रिसाउँदै बीच मैदानमा चहललाई गाली गर्छन् ।
रोहितले कराउँदै चहललाई भने, ‘पिछे जा, क्या हुआ तेरे को, भाग क्यो नही रहा है । चल उधर भाग ।’ यसपछि चहल लेगअफमा फर्कन्छन् । मैदानमा रोहितको यो रुप पहिलो पटक देखिएको भारतीय संचार माध्यमले जनाएका छन् । भाईरल भिडियोमा रोहितले चहललाई चिच्याएको स्पष्ट देख्न सकिन्छ । भारत र वेष्ट इन्डिजबीचको अन्तिम एकदिवसीय खेल शनिबार हुनेछ ।

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

प्रतिक्रिया