सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ला माओवादी प्रवेश

काठमाडौं – रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला, वडाध्यक्ष श्रवणकुमार यादव माओवादी केन्द्र प्रवेश गरेका छन् । उनलाई बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।
शुक्ला तत्कालीन फोरम लोकतान्त्रिक र यादव नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।शुक्ल यसअघि साविकको नेकपामा प्रवेश गरेका थिए । केही समयपछि नै उनले पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
पार्टीभित्र तानाशाही व्यवस्था लादिएको र चाप्लुसी गर्नेहरुलाई प्रश्रय दिइएकाले नेकपाभित्र बस्नुको औचित्य नरहेको भन्दै उनले परित्याग गरेका थिए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि उनी एमाले प्रवेश गरेका थिए। शुक्लासँगै पत्नी पल्लवी शुक्ला पनि एमालेमा प्रवेश गरी रुपन्देही क्षेत्र नम्बर ४ ‘ख’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेकी थिइन्। तर, उनी पराजित भएकी थिइन्।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया