महाधिवेशनको माग गर्दै नेविसंघले गर्यो सानेपामा प्रदर्शन
काठमाडौँ - नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन् ।
संघको महाधिवेशनको माग गर्दै उनीहरुले पार्टी कार्यालयमा प्रदर्शन गरेका हुन् । म्याद सकिएका भातृ संस्थाहरूमा तदर्थ समिति बनाएर महाधिवेशनको म्यान्डेट दिनुपर्ने र रिक्त पदमा मात्र मनोनयन गर्नुपर्ने उनीहरुको माग छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पुगेका नेताहरुलाई उनीहरुले संघलाई अन्यौलमा नराख्न आग्रह गरेका छन् ।
नेविसंघका बिद्यार्थी नेता सुशील भट्टले पार्टीका भातृ संगठनलाई निष्क्रिय नबनाउन ध्यानाकर्षण गराइएको बताए । महाधिवेशन सुनिश्चीत गर्न दबाब आवश्यक रहेको उनको भनाई छ ।
सो क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भातृ संगठनको बिषयमा उचित निर्णय गर्ने जानकारी दिए । लामो समयदेखि नेविसंघको अधिवेशन हुन सकेको छैन ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया