दाहाल-माधवले देउवालाई भने: यथास्थितीमा एमसीसी पास गर्न सकिँदैन

काठमाडौं - सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) केन्द्रका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना यथास्थितीमा संसद्बाट पास गर्न सरकारलाई सहयोग नगर्ने बताएका छन् ।
आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पूर्वप्रधानमन्त्रीसमेत रहेका दुई नेताले अहिलेकै अवस्थामा एमसीसी पास गर्न सकिने पक्षमा आफूहरू नरहेको बताएका हुन् ।
भेटमा प्रधानमन्त्री देउवाले एमसीसी संसद्बाट अनुमोदन गराउन आग्रह गरेपछि उनीहरूले त्यसलाई अस्वीकार गरेका हुन् । यता दाहाल र नेपालले भने एमसीसीबारे जनस्तरबाट उठेका सवालहरू सम्बाेधन हुनुपर्ने जवाफ दिएका थिए । त्यस्तै उनीहरूले यथास्थितिमै एमसीसी पारित गराउन नसकिने भन्दै अमेरिकासँग थप समय लिनुपर्नेमा जाेड दिएका थिए ।
प्रधानमन्त्री देउवाले भने फेब्रुअरी २८ भित्र एमसीसी पारित गर्ने विषय आफ्नो प्राथमिकता रहेको स्पष्ट बताएका थिए । बालुवाटार स्रोतका अनुसार देउवाले संसद्मा एमसीसी टेबुल गरिनुपर्ने र सबै दलले आफ्नो धारण त्यही राख्नुपर्ने बताएका थिए ।
पछिल्लो समय एमसीसीको विषयलाई लिएर गठबन्धनमा तनाव बढ्दो छ । जसकारण गठबन्धनमा रहेका दलहरु विभाजित भएका छन् । हालै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएपछि नेपाली राजनीतिमा तरंग पैदा भएकाे छ ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया