लागूऔषध ओसारपसारमा संलग्नहरू पक्राउ

काठमाडौं–प्रहरीले विभिन्न स्थानबाट लागूऔषध ओसारपसारमा संलग्नहरूलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट लागूऔषधसमेत बरामद गरिएको हो।
प्रहरीकाअनुसार मोरङ, बाँके र सुर्खेतबाट कारोबारमा संलग्नहरूलाई पक्राउ गरेको हो
बाँके, नेपालगञ्ज उपमहानगरपालिका ४ बसपार्कबाट करिब २ ग्राम ५ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका४ बस्ने अछाम तुर्माखाद गाउँपालिका ७ का र अछाम पंचदेवल बिनायक नगरपालिका ४ घर भएका २ जना १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै मोरङ, बिराटनगर महानगरपालिका(१५ स्थित १ नम्बर ढाटबाट करिब २ ग्राम ७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित केरावारी गाउँपालिका ८ का ३५ वर्षीय मिकेनजी लिम्बुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १.०२.०४१ प ६२५९ नम्बरको स्कुटरलाई लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटर चालक लिम्बुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।
प्रहरीले सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ६ मंगलगडी चोकबाट करिब १ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका(२ बस्ने २५ वर्षीय अजय सिंह चौधरी र २६ वर्षीय राजु गायन रहेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया