पर्यटनमन्त्री आलेविरुद्ध अदालत जाने होटल याक एन्ड यतीकाे चेतावनी
काठमाडाैँ – होटल याक एण्ड यतीले पाँच तारे वर्गीकरण खोसेर होटल बन्द गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै याक एण्ड यतीले सञ्चालनमा नै नरहेको क्यासिनोको रोयल्टी वापतको रकम देखाएर वर्गीकरण खोस्ने र होटल बन्द गर्ने सरकारको निर्णय पूर्वाग्रहीपूर्ण रहेको भन्दै निर्णय फिर्ता लिन माग गरेको हो ।
उक्त निर्णय फिर्ता नभए अदालतमार्फत कानुनी उपचारमा जाने होटल याक एन्ड यतीले चेतावनी दिएकाे छ । आफ्नो नाममा क्यासिनो नै नरहेको कम्पनीका कर्पोरेट सल्लाहकार रमन कर्णले जानकारी दिए ।
क्यासिनो सञ्चाचालनलाई जुवा ऐनबाट हटाइ क्यासिनो नियमावली २०७० अन्तर्गत राखिएपछि याक एण्ड यतीले क्यासिनो नै संचालन नगरेको उनले बताए । कर्णले पर्यटन मन्त्रालयले २०७१ वैशाख ५ मा पत्र लेख्दै याक एण्ड यतीमा संचालित क्यासिनो इजाजतपत्र खारेज गरिएको जानकारी गराएको र क्यासिनो नियमावलीअनुसार याक एण्ड यतीले निर्धारित म्याद भित्र अनुमति पाउन कुनै निवेदन नदिएकाले अनुमतिपत्र खारेज भएको दाबी गरेका छन् ।
२०७१ मै इजाजतपत्र खारेज भएपछि होटल याक एण्ड यतीको नाममा आजका दिनसम्म क्यासिनो नै नरहेको कर्णले बताए ।
क्यासिनो रोयल्टी वापतको ४२ करोड २५ लाख रुपैयाँ पटकपटक ताकेता गर्दा समेत नतिरेको भन्दै सरकारले बुधबारको मन्त्रीस्तरीय निर्णयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री प्रेम आलेले पाँच तारे वर्गीकरण खोसेर होटल बन्दको निर्देशन दिएका थिए । होटल र क्यासिनो फरकफरक मुद्दा भएको र तर निश्चित राजनीतिक उदेश्य राखेर होटल बन्द गराइएको याक यण्ड यतीको दाबी छ ।

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

शुक्लाफाँटा निकुञ्जमा सफारी बन्द

ढाक्मरका राताम्मे पहाड र गुफाले पर्यटक लोभ्याउँदै

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

प्रतिक्रिया