शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

आज पनि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्‍दै

काठमाडौँ- सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार पनि बस्दैछ । बिहीबारबाट सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचन, एमसिसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ । 

बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसले एमसिसीमा पार्टी एकमत रहेको र अगाडि बढाउनुपर्ने निष्कर्ष समेत निकालेको छ । आज पनि यसबारेमा सदस्यले धारणा राख्ने छन् ।