१० हजार घूस लिएको आरोपमा प्रहरी हवल्दार भण्डारी पक्राउ

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दार शान्ति भण्डारीलाई दश हजार घूससहित नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय, बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत हबल्दार भण्डारीले सोही कार्यालयबाट नियन्त्रणमा लिएका व्यक्ति छुटाइदिए वापत विभिन्न बहाना बनाई सेवाग्राहीसँग सो रकम लिएकी थिइन ।
घूस मागेको सूचनाका आधारमा अख्तियारको पोखरा कार्यालयबाट गएको टोलीले हवल्दार भण्डारीलाई सेवाग्राहीबाट रकम लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया