स्थानीय तह निर्वाचनबारे आज एमालेकाे छलफल, ओलीले सम्बाेधन गर्ने

काठमाडाैँ- स्थानीय तहको निर्वाचनको मिति घोषणा भएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोको तयारीको बारेमा औपचारिक रुपमा पहिलो पटक कार्यक्रम गर्ने भएको छ ।
आगामी ३० बैशाखमा एकैचरणमा स्थानीय तहको निर्वाचनको मिति गर्ने घोषणा भए लगत्तै एमालेले स्थानीय तहको निर्वाचनको तयारी केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रमको आयोजना शुक्रबार गर्न लागेको हो ।
‘कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, संघीय सांसदहरु, प्रदेश सभा सदस्यहरु तथा जिल्ला कमिटीका पदाधिकारीहरु एवम प्रशिक्षणका लागि तोकिएका प्रशिक्षार्थीहरु सहभागी हुनेछन,’ एमाले प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालले जानकारी दिए ।
उनका अनुसार शुक्रबार अपरान्ह १ बजे केन्द्रीय कार्यालय, थापाथलीवाट अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बाेधन गर्नेछन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया