न्याय सेवा बैठक बहिस्कार गरेका महान्यायाधिवक्ता खाती भन्छन्- पहिला अनौपचारिक सहमति गरौं

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बोलाएका बैठक पटक-पटक बहिस्कार गरेका महान्यायाधिवक्ता खम्मबहादुर खातीले अनौपचारिक सहमति गर्नुपर्ने बताएका छन् ।
नेपाल बार एसोसिएसनको आन्दोलनका कारण विवादको घेरामा परेका आयोगअध्यक्ष प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाले बोलाएको औपचारिक बैठकमा जानुअघि अनौपचारिक सहमति गर्नुपर्ने धारणा राखेका हुन् ।
‘न्याय सेवा आयोगको औपचारिक बैठकमा जानुअघि अनौपचारिक कुराकानी गरेर सहमति गर्न आवाश्यक छ, त्यसका लागि हामीले पहलकदमी गरिरहेका छौं,’ खातीले भने, ‘सरकारले पनि यस विषयलाई गम्भीर रूपमा लिएको छ ।’ आयोग अध्यक्ष राणासहित अन्य सदस्यहरूबीचमा अनौपचारिक छलफल हुनु अनिवार्य भएकाले बैठकमा शुक्रबार पनि नगएको उनको प्रस्टोक्ति आएको छ ।
‘न्याय सेवा मात्रै होइन, न्याय परिषदको बैठक पनि बसाउनुपर्नेछ,’ खातीको प्रस्ताव छ, ‘यी सबै बैठक सहज र सरल तरिकाले सञ्चालन गर्न सुरुमा अनौपचारिक संवाद र छलफल गरेर टुंग्याऔं भन्ने हाम्रो धारणा छ ।’ अनौपचारिक छलफल पछि मात्रै न्याय सेवासहित अन्य बैठक सञ्चालन गर्न सहज हुने महान्यायाधिवक्ता खातीको सुझाव छ ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया