सर्वोच्च न्यायाधीश जनताबाट न्याय प्राप्त गर्ने अभियानको सुरुवात वैशाख ३० गतेबाट : ओली
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७९ वैशाख ३० गतेबाट सर्वोच्च न्यायाधीश जनताबाट न्याय प्राप्त गर्ने अभियानको सुरुवात हुने बताएका छन् । शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले जनताको मतबाट देशभत्तिको खोल ओडेका तत्वलाई पराजित गर्ने दाबी समेत गरे ।
सरकारले २०७९ वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन गराउने घोषणा गरेपछि अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् ।
‘यस निर्वाचनको असाधारण महत्व छ । यसले ठूलो राजनीतिक फैसलाको प्रारम्भ गर्नेछ,’ ओलीले भने, ‘अब जनादेश र परमादेशबीच सार्वभौमसत्ता सम्पन्न जनता र त्यो जनमतलाई उपहास गरेर, पार्टी फोरेर, सरकार ढालेर, प्रतिक्रियावादीको सेवामा समर्पित हुन जाने, प्रगतिशिलता, बामपन्थता, देशभत्तिको खोल ओडेका तत्वहरु र तीनका मतियारहरुलई सार्वभौमसत्ता सम्पन्न जनताको पवित्र अभिमतबाट अर्थात जनमतको माध्यमबाट पराजित गर्ने र सर्वोच्च न्यायाधीश जनताबाट न्याय प्राप्त गर्ने अभियानको सुरुवात वैशाख ३० को निर्वाचनबाट हुनेछ ।’
राष्ट्रिय राजनीतिलाई सकारात्मक रुपमा अघि बढाउने कुराको थालनी स्थानीय निर्वाचनबाट हुने उनले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया