शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

सत्तामा पुगेका सबै दल एमसीसी अगाडि बढाउन सहमत छन्ः प्रवक्ता महत

फाइल फाेटाे

काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता डां प्रकाशशरण महतले एमसीसी नेपालजस्ता विकासोन्मुख देशको मागका आधारमा तयार भएको परियोजना रहेको बताउँदै सरकार यसको पक्षमा रहेको बताएका छन् ।

सत्तामा पुगेका सबै दल एमसीसी परियोजना अघि बढाउन लागेको बताउँदै महतले यसमा कसैको पनि असहमति नरहेको बताएका हुन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महतले ओली नेतृत्वको सरकारकै पालामा एमसीसी संसदमा ल्याउने सहमति गरिएको दाबी गरे । 

उनले एमसीसी नेपालकै प्राथमिकतामा रहेको निशुल्क सहयोग परियोजना भएकाले फिर्ता गर्न नहुने बताए । 

उनले भने, 'नेपालकै कानुन अनुसार संचालन हुने परियोजना हो। इन्डोप्यासिफिक होइन। यो सैन्य परियोजना पनि हैन।'

एमसिसीमा विरोध हुनु दुर्भाग्य भएको महतको भनाइ छ । उनले भने, 'संसदमा छलफल हुनुपर्छ, बुँदागतरुपमा छलफल हुन्छ ।' सभामुखको जिम्मेवारी संसदमा टेबुल गर्नु भएकले संसदले नै दुधको दुध पानीको पानी छुट्याउने उनको दाबी छ ।