रोहित, शिखर र कोहली सस्तैमा आउट
काठमाडौँ : वेष्ट इण्डिजसँगको तेस्रो एकदिवसीय क्रिकेटमा भारतले टस जितेर ब्याटिङ थालेको छ । अहमदावादमा टस जितेर भारतले ब्याटिङ थाल्दा निकै खराब सुरुवात गरेको छ ।
१३ ओभरको खेल सकिदा भारतले ३ विकेट गुमाएर ५४ रन बनाएको छ । भारतका लागि मुख्य ब्याटर कप्तान रोहित शर्मा, शिखर धवन र विराट कोहली आउट भइसकेका छन् ।
कप्तान रोहित १३ रनमा आउट हुँदा धवन भने १० रनमै पेभेलिएन फर्किए । यस्तै कोहली भने डकआउट भएका छन् । रोहित र कोहलीलाई वेष्ट इण्डिजका अल्जारी जोशेफले आउट गर्दै २ विकेट लिएका छन् ।
अब भारतको ब्याटिङ रिषभ पन्त, श्रेयास आयर र सुर्यकुमार यादवमा निर्भर छ । तीन खेलको एकदिवसीय सिरिज भारतले यसअघि नै २–० ले जितिसकेको छ ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_NKPXYwe63d_1xazlmy8wd3ogagexxvejb2wymegaz1ooowxzncaihkkxxbts1jtdt2t1tfd.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया