काठमाडौं जिल्लाव्यापी अन्तर डोजाङ : पुष्प र चन्दुलाई स्वर्ण

काठमाडौँ - अल्पाइनका पुष्पप्रसाद गौतम र मिनिल्यान्डकी चन्दु शाहीले प्रथम काठमाडौं जिल्लाव्यापी अन्तर डोजाङ प्रमुख अनलाइन पुम्से तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण पदक जितेका छन् । पुरुषमा पुष्पले ६ दशमलव ३० अंक तथा महिलामा चन्दुले ६ दशमलव ७६ अंक जोडे ।
काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मैजुकुमारीका नोर्बु मोक्तान दोश्रो तथा बालाजुका सुरेश मानन्धर र योन्सुकका दुर्गामान तामाङ तेस्राे भए । महिलामा लुनारकी रंगिला रोका दोस्राे तथा विद्याआर्जनकी मुना खवास मगर र पिस नेपालकी शारदा धिमाल तेस्राे बने ।
पुरुष-महिला दुवैमा पहिलो हुनेले पाँच हजार, दोस्राेले तीन हजार र तेस्राेले २२ हजार नगद पुरस्कार पाए । प्रतियोगिताको पुरुषमा २९ तथा महिलामा आठ डोजाङ प्रमुखले प्रतिस्पर्धा गरेको आयोजक संघका अध्यक्ष अशोक खड्काले जानकारी दिए ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया