पन्त र आयरको शतकीय साझेदारी
काठमाडौँ : वेष्ट इण्डिजविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा भारतका लागि ऋषभ पन्त र श्रेयास आयरले महत्वपूर्ण शतकीय साझेदारी गरेका छन् । दुवैले व्यक्तिगत रुपमा अर्धशतक पूरा गर्दै चौथो विकेटका लागि ११० रनको साझेदारी गरेका हुन् ।
३ विकेट गुमाएर ४२ रनको नाजुक अवस्थामा रहेको भारतलाई पन्त र आयरले चौथो विकेटका लागि ११० रनको साझेदारी गर्दै १५२ रनको अवस्थामा पुर्याएका थिए । पन्त व्यक्तिगत रुपमा ५६ रनमा आउट हुँदा आयरले टिमको संकटपूर्ण अवस्थामा ८० रनको योगदान दिए ।
कप्तान रोहित शर्मा १३ रन, शिखर धवन १० रन र विराट कोहली डकआउट हुँदा भारतको ओपनिङ खराब बनेको थियो । मुख्य खेलाडी नै आउट भएपछि कठिन अवस्थामा रहेको घरेलु टोलीलाई दुवै युवा ब्याटरले उद्धार गरेका थिए ।
यो समाचार तयार पार्दासम्म भारत ३८ ओभरमा ६ विकेट गुमाएर १९० रनको अवस्थामा छ । वेष्ट इण्डिजका अल्जारी जोशेफ र हैडेन वालशले समान दुई दुई विकेट लिएका छन् । तीन खेलको एकदिवसीय श्रृङ्खला भारतले यसअघि नै २–० ले जितिसकेको छ ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_NKPXYwe63d_1xazlmy8wd3ogagexxvejb2wymegaz1ooowxzncaihkkxxbts1jtdt2t1tfd.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया