ओमान भर्सेज नेपाल टी२०ः नेपाललाई छैटौं सफलता
काठमाडौं– टस जितेपछि टि२० आई सिरिज अन्तर्गत ओमानसँग खेलमा पहिला फिल्डिङ रोजेको नेपाललाई छैटौं सफलता मिलेको छ। नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए । सन्दीप लामिछानेको डेब्यू कप्तानी खेलमा टस जितेर बलिङ थालेको नेपालले छैटौं सफलता हात परेको हो।
खेल ओमानको अल अमरेत क्रिकेट मैदानमा जारी छ ।
बलर अभिनाश बोहराले तेस्रो ओभरको अन्तिम बलमा ओपनर कश्याप प्रजापतिलाई ११ रनमा बोल्ड आउट गरेर सफलताको खाता खोलेका थिए ।
चौथो ओभरको पहिलो बलमा आरिफ शेखले ओमानका प्रमुख ब्याटर जतिन्दर सिंहलाई १३ रनमा विकेट किपर आसिफ शेखबाट क्याच गराए ।
त्यस्तै कमलसिंह ऐरीले छैटौं ओभरको तेस्रो बलमा अयान खानलाई ११ रनमा आसिफबाट नै क्याच गराए ।
चौथो विकेट कप्तान सन्दीपले लिए ।
१७ औं ओभरमा अभिनाश बोहराको बलमा दीपेन्द्र सिं ऐरीको क्याचले अर्काे विकेट लिए । यो नेपालको पाँचौं सफलता हो । अभिनाशले नादिनलाई आउट गरे । १७.५ औं ओभरमा अभिनाशले अर्काे विकेट लिए ।
हालसम्म ओमानले ११९ रन बनाएको छ ।
नेपालका कुशल भुर्तेल, करण केसी, कुशल मल्ल, लोकेश बम, साहब आलम र जितेन्द्र मुखियालाई बेन्चमा राखेको छ । विवेक यादव र सागर ढकाललाई डेब्यू दिएको छ ।
नेपाल र ओमानबीच हालसम्म एक मात्र टि२० आई खेल भएको छ । २०१९ मा भएको खेलमा ओमानले नेपाललाई ६ विकेटले हराएको थियो ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_NKPXYwe63d_1xazlmy8wd3ogagexxvejb2wymegaz1ooowxzncaihkkxxbts1jtdt2t1tfd.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया