कवि सुवासको ‘सपनाका अवयव’ बिमोचित

हेटौँडा ः नेपाली कविता लेखनमा दुई दशकदेखि क्रियाशील कवि सुवास खनालको नयाँ कविताकृति ‘सपनाका अवयव’ बुधबार औपचारिक रुपमा सार्वजानिक भएको छ । सर्जक सञ्जाल मकवानपुरको आयोजनामा भर्चुअल रुपमा भएको उक्त कार्यक्रममा भिडियोमार्फत खनालका बुवा आमा गोकर्ण खनाल र सुशीला खनालले संयुक्त रुपमा कविताकृति सार्वजानिक गर्नु भएको हो ।
कार्यक्रममा पुस्तकबारे प्राध्यापक घनश्याम घिमिरेले मन्तव्य राखेका थिए । पुस्तकबारे बोल्दै उनले खनालका कवितामा ससाना विषयमा पनि गम्भीर भाव पैदा गर्ने शक्ति रहेको बताए । कवि तथा रासस अध्यक्ष श्यामलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम सञ्जालका अध्यक्ष निमेष निखिलको सभाध्यक्षतामा भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्यामलले खनालका कविता सामाजिक उल्टो गतिको प्रतिरोधी रहेको बताए । अर्का वक्ता उदय अधिकारीले ‘सपनाका अवयव’का कविता आधुनिक समाजको चित्रण र त्यसले सिर्जना गरेको पीडाप्रति केन्द्रित रहेको बताएका थिए ।
कार्यक्रममा साहित्यकारहरू आर. सी. रिजाल, कौशल पाण्डे , ह्यग्रीव आचार्य , शान्ति प्रियवन्दना , अनिता न्यौपाने लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण झरना साहित्यिक परवारका अध्यक्ष दीपक गौतमले गरेका थिए । दुई चरणमा भएको बिमोचन कार्यक्रमअन्तर्गत दोस्रो चरणमा एन.एस. टेलिभिजनमार्फत पुस्तकसम्बद्ध भिडियो टिप्पणी प्रसारण गरिएको थियो । कविहरू मनु मञ्जिल , शकुन्तला जोशी , अनमोलमणि , अभय श्रेष्ठ, सुरेश श्रेष्ठलगायतले भिडियोमा पुस्तकबारे आफ्नो भनाइ राखेका थिए ।
खनालको दोस्रो कृति ‘सपनाका अवयव’ शाब्दिक बुक्सले बजारमा ल्याएको हो । यस अघि उनको २०७१ सालमा ‘विचारको उल्टो नदी’ नामको कविताकृति प्रकाशित छ ।

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

प्रतिक्रिया