ओमानले नेपाललाई दियाे १३६ रनको लक्ष्य
काठमाडौं - चारदेशीय टी–ट्वान्टी क्रिकेट श्रृङ्खला अन्तर्गत ओमानसँगको खेलमा नेपालले १३६ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको हो ।
नेपालले सुरुदेखि धारिलो बलिङ पेश गरेपनि ओमानका मध्यक्रमका ब्याटरले पाली उकासेका थिए । उसका लागि कप्तान जिसन मसुदले सर्वाधिक नटआउट ४३ रन बनाए भने मोहम्मद नमीदले ३१ रनको योगदान दिए ।
नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । यस्तै सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले एक एक विकेट लिए । घातक बलिङ गरेका अविनाशले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट हात पारेका हुन् ।
बोहराले तेस्रो ओभरको अन्तिम बलमा ओपनर कश्याप प्रजापतिलाई ११ रनमा बोल्ड आउट गरेर नेपालको घातक बलिङको नमूना पेश गरेका थिए । यस्तै नेपालको चौथो ओभरको पहिलो बलमा आरिफ शेखले ओमानका प्रमुख ब्याटर जतिन्दर सिंहलाई १३ रनमा विकेट किपर आसिफ शेखबाट क्याच आउट गराए ।
कमलसिंह ऐरीले छैटौं ओभरको तेस्रो बलमा अयान खानलाई ११ रनमा आसिफबाट नै क्याच गराए । चौथो विकेट भने नेपालका लागि कप्तान सन्दीप लामिछानेले लिएका हुन् ।
१७ औं ओभरमा अभिनाश फेरि महत्वपूर्ण विकेट लिन सफल भए । उनले कप्तान मसुदसँग मिलेर राम्रो साझेदारी गरेका नमिदलाई व्यक्तिगत रुपमा ३१ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याचआउट गरे । यो उनको दोस्रो विकेट थियो भने नेपालका लागि पाँचौ सफलता । १७ ओभरको पाँचौ बलमा अविनाशले नै तेस्रो विकेट लिँदा ओमानका नसीम खुशीलाई आउट गरे । जतिबेला ओमान ६ विकेट गुमाएर ११९ रनको अवस्थामा थियो ।
त्यसपछि ओमानले विकेट बचाएर खेलेपनि खासै रन जोड्न भने सकेन । नेपालले निर्धारित २० ओभरमा ओमानलाई १३५ रनमै रोक्न सफल भयो । युएई तथा आयरल्याण्ड समेत सम्मिलित चारदेशीय टी–ट्वान्टी श्रृङ्खलामा नेपालले पहिलो खेल ओमानसँग खेलिरहेको हो ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_NKPXYwe63d_1xazlmy8wd3ogagexxvejb2wymegaz1ooowxzncaihkkxxbts1jtdt2t1tfd.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया