आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

मनिष डाँगी गम्भीर घाइते, अस्पताल लगियो

काठमाडौं–मछिन्द्र फुटबल क्लबका मिडफिल्डर मनिष डाँगीले गम्भीर घाइते भएका छन्। शनिबार कतार एयरवेज सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत च्यासल युथ क्लबविरुद्धको खेलमा मनिषले चोट बोकेका हुन् । 

राष्ट्रिय टोलीका स्ट्राइकरसमेत रहेका उनलाई खेल दौरान चोट बोकेपछि अस्पताल लगिएको छ । च्यासलका यानिक केचासँग जुध्न पुग्दा उनी मैदानमा लडेका थिए । उनलाई तत्काल मैदानमै सीपीआर दिइएको थियो । त्यसपछि उनलाई मैदानबाटै एम्बुलेम्समार्फत अस्पताल लगिएको हो।