सामान आयात गर्दा स्वदेशी कम्पनीलाई प्राथमिकता दिनुपर्ने

काठमाडौं : सामान आयात गर्दा ढुवानी सेवाका लागि नेपाली सेवा प्रदायकलाई प्राथमिकता दिनुपर्ने भएको छ । राष्ट्र बैंकले परिपत्र जारी गर्दै ढुवानी सम्बन्धी सेवाहरू लिँदा सम्भव भएसम्म नेपाली सेवा प्रदायकलाई प्राथमिकता दिनुपर्ने भनेको छ ।
भारतबाहेक अन्य मुलुकहरूबाट प्रतीतपत्र मार्फत आयात गर्दा स्वदेशी कम्पनीलाई प्राथमिकतामा राख्नुपर्ने भएको हो । सामान आयात गर्दा सम्भव भएसम्म स्वदेशी बिमा कम्पनीहरूबाट बिमा गराउनुपर्ने प्रावधान छ । एकीकृत परिपत्र– २०७६ मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको थियो । यसै व्यवस्थालाई संशोधन गर्दै ढुवानी सम्बन्धी नयाँ प्रावधान थपेको हो ।
विदेशबाट बिमा गराउनुपर्ने भएमा ढुवानी तथा बिमाको लागत प्रष्ट हुने कागजात तथा बील संलग्न गर्नुपर्ने प्रावधान छ । ढुवानी तथा बीमाको लागत प्रष्ट रुपमा छुट्टै देखिने गरी जारी गर्नुपर्नेछ ।
विदेश स्थित कम्पनीबाट ढुवानी तथा वीमाको व्यवस्था गराई भारतबाहेक अन्य मुलुकमा भुक्तानी गर्नुपर्ने भएमा सम्बन्धित कम्पनीले जारी गरेको बीलको आधारमा प्रतीतपत्र जारी गर्ने बैंकले यो बीलमा उल्लेखित रकमको सटही सुविधा सम्बन्धित एजेन्सीको नाममा उपलब्ध गराउनु पर्नेछ ।

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबासमा विस्…

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

प्रतिक्रिया