शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

दुलही पुर्‍याएकाे ट्र्याक्टर पल्टिदा किशोरको मृत्यु, १६ जना घाइते

सांकेतिक फोटो

बर्दिया : बर्दियाको बाँसगढी नगरपालिकामा ट्र्याक्टर पल्टिँदा एक किशोरको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । ठाकुरबाबा नगरपालिका–७ बाट बाँसगढी–४ बठुवा गाउँमा दुलही पु¥याएर फर्कने क्रममा भे २ त १३१६ नंको ट्र्याक्टर अपराह्न २ बजेतिर बाँसगढी, मगरपुर, वेलौली र बठुवा जाने चोकमा पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मोतिपुरले जानकारी दिएको छ ।

ठाकुरबाबा–७ का १५ वर्षीय सुमन थारूको उपचारका क्रममा कौशिल्या मेमोरियल अस्पताल बाँसगढीमा मृत्य भएको र दुर्घटनामा घाइते १६ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा र एकजनाको कौशिल्या अस्पताल बाँसगढीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मोतिपुरले जानकारी दिएको छ । रासस