संविधानका केही प्रावधान परिमार्जन गर्ने संकल्प गरौँः दाहाल
काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानलाई परिमार्जन गरेर जानुपर्ने बताएका छन् । परिमार्जनको संकल्प जनयुद्ध दिवसकै अवसरमा गर्नुपर्ने पनि बताए ।
२७ औँ जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित कार्यक्रममा दाहालले लोकतान्त्रिक अधिकारको रक्षा र संविधानकै रक्षाको निम्ति परिमार्जन आवश्यक रहेको धारणा राखे । उनले जनयुद्धको दिनलाई नयाँ संकल्प गर्न ऐतिहासिक दिन पनि भनेका छन् ।
‘आज जनयुद्ध दिवस मनाउनुनको तात्पर्य एकचोटी फेरि नयाँ संकल्प लिनुपर्ने, राष्ट्रियता स्वाधिनताको निम्ति र प्राप्त लोकतान्त्रिक अधिकारको रक्षाको निम्ति र संविधान अनि त्यहाँ राखिएका जनपक्षीय प्रावधानलाई अझ परिमाजर्न गरेर जानुपर्छ ,’ अध्यक्ष दाहालले भने, ‘ आजको दिनले हामी सबैलाई देशभरी रहेको क्रान्तिकारीहरूलाई एउटा नयाँ ऊर्जा प्राप्त गर्ने, नयाँ संकल्प गर्ने र नयाँ कमिटमेन्टको निम्ति आजको दिन ऐतिहासिक बनेको छ ।’
अध्यक्ष दाहालले जनयुद्धको जगमा भएको जनआन्दोलनको समायोजनले नै नेपालका राजनीतिक दलहरूबीच नयाँ संकल्प, एकता, संविधानसभा र संघीय गणतन्त्रका निम्ति संघर्ष गर्ने आधारशीला खडा गरेको दाबी गरेका छन् ।
संघर्षले नै जनतालाई अधिकारसम्पन्न बनाउँदैै लगेको तर एक प्रवृत्तिका मान्छेलाई भने त्यो कुरा सुरुदेखि नै मन नपरेको बताए । त्यही कारण माओवादी कमजोर पार्ने र जनयुद्धको जगमा प्राप्त राजनीतिक उपलब्धि सिध्याउने प्रयास भइरहेको उनी बताउँछन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया