एमसीसीविरुद्ध एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीले आइतबार देशभर एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ ।
सत्ताको नेतृत्व गरिरहेको नेपाल कांग्रेसले सभामुख अग्नीप्रसाद सापकोटालाई संसदमा एमसीसी टेवल गर्न दबाब दिइरहेका बेला एकीकृत समाजवादीले आज देशभर विरोध प्रदर्शन गर्न लागेको हो ।
एकीकृत समाजवादी निकट जनवर्गीय संघठनहरूले आइतबार एमसिसी सम्झौता विरुद्ध माइतीघर मण्डलामा विरोध कार्यक्रम गर्दैछन् ।
एकीकृत समाजवादीको ललितपुर जिल्लाका जनवर्गीय संगठनहरूले आइतबार एमसिसी सम्झौता विरुद्ध दिउँसो एक बजे विरोध प्रदर्शन गर्दैछन् । विरोध कार्यक्रम लगनखेल चोकमा गरिने जनाइएको छ ।
एकीकृत समाजवादीको भक्तपुर जिल्लाका जनवर्गीय संगठनहरूले पनि आइतबार नै एमसिसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् । सूर्यविनायक चोकमा विरोध कार्यक्रम गरिन एकीकृत समाजवादीले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया