एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौँ - प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले महाअभियाेग प्रस्ताव र समसामयिक विषयमा छलफल गर्न ११ बजे ल्हाेत्से हलमा बैठक बाेलाइएकाे छ । प्रधानन्यायाधीश विरुद्ध महाअभियाेग प्रस्ताव दर्ता भएपछि एमालेले संसद पुनर्स्थापनाका गर्न परमादेश जारी गर्ने अन्य चार न्यायाधीशलाई महाअभियाेग लगाउने हल्ला चलेपनि सचेकत भट्टराईले यस विषयमा कुनै कुराकानी नभएकाे उल्लेख गरे ।
कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया