सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

व्याजदर बढेपछि सेयर बजारमा उलेख्य गिरावट

काठमाडौँ- बैंकहरूले व्याजदर बढाएपछि सेयर बजारमा उल्लेख्य गिरावट आएको छ । बैंङ्कहरूले निक्षेपमा ११.०३ प्रतिशत पुर्‍याएपछि सेयर बजारमा झन्डै ९२ सय अंकको गिरावट आएको हो ।

बजार खुलेदेखि नै ओरालो यात्रा सुरु गरेको सेयर बजार समाचार तयार गर्दासम्म परिसूचक ९१.३६ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २८०१.५६ को विन्दुमा पुगरे कारोबार बन्द भएको थियो । हाल परिसूचक नेप्से परिसूचक २७१९ अंकमा रहेको छ।

सेयर बजारमा व्याजदर वृद्धिले गर्दा बेच्नेहरू उलेख्य देखिएका छन्। निर्वाचनको मिति तय भएपछि बढ्ने भनिएको बजार घट्दा अन्योलमा देखिएका लगानीकर्तामा व्याजदर वृद्धिको पनि भार पर्दा पुँजी सुरक्षातर्फ मोडिएका छन्।

कारोबार भएका अधिकांश उपसमूह घटेका छन्। सर्वाधिक गिरावट जलविद्युत र निर्जीवन उपसमूहमा देखिएको छ।

हालसम्मको कारोबारमा अपर तामाकोसी सेयर सर्वाधिक कारोबार भएको छ। जलविद्युतको १४ करोड रुपैयाँ अधिकको कारोबार हुँदा मूल्य साढे ६ प्रतिशत घटेको छ।  निफ्राको १२ करोड र अरुण भ्याली हाइड्रोको ११ करोड रुपैयाँ अधिकको सेयर किनबेच भएको छ।

समाचार तयार पर्दासम्म सबै भन्दा बढी गुमाउने सीइडीबी हाइड्रोपावर एण्ड डेभलपमेन्टका लगानीकर्ता हुन्। कम्पनीको मूल्य ६.६८ प्रतिशत  घटिसकेको छ। साहस ऊर्जाका लगानीकर्ताले पनि करिब ६ प्रतिशतका दरले गुमाइसकेका छन्।